• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपालमा २ हजार ४४४ कोरोना संक्रमित, ३१३ जना संक्रमणमुक्त

काठमाडौ २०७८ पुष २७ गते मङ्गलवार

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ४४४ जना कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा संक्रमण पुष्टि भएको हो ।

१० हजार ६४८ पीसीआरबाट १ हजार ९१८ जना संक्रमित भएका हुन् भने ४ हजार ३८५ एन्टिजेन परीक्षण हुँदा ४६३ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ३१३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार संक्रिय संक्रमितको संख्या ९ हजार ५२२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस