• एउटै दृष्टि, भिन्न कोण
  • Search

देउवाको यस्तो सरप्राइज प्रस्ताबले प्रचण्ड–माधव तनाबमा, ओली खुसी

काठमाडौ २०७८ माघ १६ गते आइतवार

स्थानीय तहको निर्वाचन धकेल्न गठबन्धनमा ऐन संसोधनबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले अघि बढाएको नयाँ प्रस्तावले गठबन्धनमा आवद्ध दलहरुलाई झस्काएको छ ।

समयमै निर्वाचन बाहेकका सबै विकल्प गैरसंवैधानिक ठहर्ने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार एकाएक युटर्न लिएका थिए । देउवाले ऐन संसोधन नगर्ने बरु तत्काल स्थानीय तहको निर्वाचन गर्ने प्रस्ताव गरेपछि गठबन्धन सम्बद्ध अन्य दललाई सरप्राइज मिलेको छ । संविधान र ऐनको छिद्र देखाएर निर्वाचन सार्न प्रस्ताव गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको देउवाको यस्तो प्रस्तावले निद हराम भएको छ । भने चारै तिर बाट देउवाको वाहवाही भएको छ ।

​देउवाको प्रस्तावले प्रमुख प्रतिपक्षी एमालेलाई भने खुसीतुल्याएको छ । वैशाखमै स्थानीय तहको चुनाव हुँदा सत्ता गठबन्धनमा गडबड हुने र त्यसको राजनीतिक फाइदा आफ्नो पार्टीलाई मिल्ने एमाले नेताहरुको बुझाइ छ । स्थानीय तहको निर्वाचन पहिला भए गठबन्धन नरहने डर माधव–प्रचण्डलाई छ । गठबन्धन तलमाथि भए आफुले जित्नु भन्दा एमालेलाई हराउनु उद्देश्य बनाएका प्रचण्ड–माधव अफ्ठेरोमा पर्नेछन् ।

देउवाको युटर्नका पछि राष्ट्रपतिको भूमिका पनि निर्णायक बनेको छ । बिहिबारमात्रै प्रधानमन्त्री देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस