पश्चिम दाङको शान्तिनगरबाट झन्डै पौने तीन लाख रकमसहित आठ जुवाडे पक्राउ परेका छन् ।
पक्राउ परेका मध्य अधिकाश नेपाली काँग्रेसका नेताहरु रहेका छन् । जसमा एक जना वडा सदस्य पनि रहेको प्रहरी अधिकारीले बताएका छन् ।
जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. ५ स्थित निराजन मल्लको घरमा जुवा तास भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरकाबाट प्रहरी निरीक्षक नबिन चुदालीको नेतृत्वमा गएको प्रहरी टोलीले आठ जनालाई जुवा खेली रहेको अवस्थामा उनीहरुलाई दुई लाख ८२ हजार तीन सय पाँच रुपैंया नगदसहित पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा बबई गाउँपालिका वडा नं. ४ का ४० बर्षीय बलिराम खत्री, तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ का ३० बर्षीय राजेशकुमार बोहरा, तुलसीपुर १० का ५८ बर्षीय धुर्ब शाह, छिमेकी देश भारतको बिहार घर भइ हाल शान्तिनगर गाउँपालिका वडा नं. ५ बस्दै आएका ३५ बर्षीय हजरत अली, घर धनी शान्तिनगर गाउँपालिका वडा नं. ५ का ३२ बर्षीय निराजन मल्ल, ४० बर्षीय प्रमोदकुमार खड्का, ४५ बर्षीय उत्तम डाँगी र ३२ बर्षीय रमेश रावत रहेका छन् ।
घटना बुधबार बेलुकाको हो । तर, प्रहरीले बिहीबार मात्रै जुवाडेको खवर सार्वजनिक गरेको हो ।
उनीहरुका बिरुद्ध चार म्याद थप भएको डिएसपी अर्यालले जानकारी दिए ।