• एउटै दृष्टि, भिन्न कोण
  • Search

झन्डै ८ केजी चरेश सहित दाङबाट दुई ब्यक्ति पक्राउ

दाङ २०७८ माघ २४ गते सोमवार

दाङ प्रहरीले आठ किलो चरेशसहित दुई ब्यक्ति नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रुकुम पूर्वको भूमे गाउँपालिका वडा नं.९ चुनबाङ घर भइ हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. १४ नयाँ बसपार्कमा डेरा गरि बस्ने ५० बर्षीय दलबहादुर कामी र भूमे ९ घोराही १८ गिठेपानी बस्ने ५९ बर्षीय कर्णबहादुर पुन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङले सोमबार उनीहरुलाई बरामद भएको चरेशसहित पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो ।

प्रतिबन्धित लागु औषध चरेशको अबैध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा पुगेको प्रहरी टोलीले बिकको कोठाबाट सात किलो सात सय ७९ ग्राम चरेश बरामद भएको प्रहरीले जनाएको छ ।

बिक र पुनलाई सोमबार राति साढे ९ बजेतिर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका बिकलाई प्रारम्भीक सोधपुछ र फोन कल बिश्लेशनका आधारमा लागुऔषध चरेशको कारोबारमा पुनको समेत संलग्नता खुलेको प्रहरीले जानकारी दिएको छ ।

आगु औषध नियन्त्रण ऐन अन्तरगत दुई किलो ग्रामदेखि दश किलो ग्रामसम्मको परिमानमा लागु औषध फेला परे एक बर्षदेखि तीन बर्षसम्म कैद र पाँच हजारदेखि २५ हजार रुपैंयासम्म जरिवाना हुने ब्यबस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस