गंगादेव गाउपालिका वडा नं ३ को साविक जिनावाङ गाविसको ५,६,९ वडाका बस्तिहरुमा पोल र तार हुदापनि अझै सम्म बत्ति नबल्दा स्थानिय बाँसी निराश भएका छन। वडा नं ३ का सबै घरधुरीमा पोल र तार बिगत २ बर्ष अगाडि नै बत्ति बाल्ने योजना सहित बिद्युत पोल गाडेपनि बत्ति संचालन नहुदा स्थानिय निराश भएका हुन।
गंगादेव ३ को झ्याँम, लोरिविनी, डाडाखुटी, घोप्टेओढार, बडाढुङ्गाका सबै घरधुरी र कुकुरगारे २६ घरधुरिमा बिगत ६ महिना अगाडि नै बत्ति संचालनमा आइसकेको छ। २ बर्ष अगाडि नै बत्ती बाल्ने सपना सहित पोल गाडेका वडा नं ३ का आधा भन्दा बढी भूगोल गोठिखोला, नाउली, मंग्राह, जहेले, जलेखर्क र कुकुरगारेका स्थानमा अहिले सम्म बिद्यूत सुचारु भएको छैन।
स्थलगत अवलोकन गर्दा बिधुत पोल छ, तार जोडिएको छैन । तार, ट्रान्सर्फमर जोडिएको छ तर बत्ति बत्ति संचालनमा छैन। गंगादेव गाउपालीका वडा नं ३ नाउली निवासी टिकाराम डाँगी भने स्थानिय सरकारले सहजिकरण नगरेको आरोप लाउछन । उनी आउने निर्वाचनमा बिद्युत संचालन गर्न सहयोग गर्ने ब्यक्ति र पार्टीलाइ मतदान गर्ने बताउछन ।
बिधुत प्राधिकरण रोल्पाले त्यस क्षेत्रमा खटाएका कर्मचारी भुवन के सी ले तार जडानमा समस्या भएको स्विकार्छन । उनि भन्छन ” पहिले स्थानियहरुबाट पोल कमि भयो भन्दै काममा अवरोध भयो । वडा र पालिका जनप्रतिनिधि बाट पनि काम लिएको ठेकेदारलाइ सहयोग भएन । अहिले फिल्डमा तार छैन । केही पोलहरु तारको अपुग छ । ठेकेदारले कार्यालयमा भुक्तानी माग दावि गरेको छ । अब कसरी बल्छ बत्ति ??”
उनका अनुसार अपुग भनेका पोलहरु अहिले गंगादेव ३ का बस्तिहरुमा आइसकेको छ । पछि प्राप्त पोलहरुकोलागि भने तार संचित रहेको बिद्युत प्राधिकरण कार्यालय रोल्पा प्रतिनिधिले बताउदै आएको छ ।