• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा पूर्व जनमूक्ती सेना कमाण्डर सहित ६० बढी काग्रेसमा प्रबेश, सभापति पुनले गरे स्वागत

रोल्पा २०७८ फाल्गुन ९ गते सोमवार

रोल्पामा पूर्व जनमूक्ती सेना नेपाल कम्पनी कमाण्डर क. बिपनाले नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरेकी छन। नेपाली कांग्रेस रोल्पाले संचालन गरेको गंगादेव गाँउपालिका स्तरीय पार्टी प्रवेश कार्यक्रममा क. बिपना लगायत थुप्रै नेताकार्यकर्ताले माओवादी केन्द्र परित्याग गर्दै नेपाली काग्रेसमा प्रवेश गरेका छन।

नेपाली कांग्रेस जिल्ला कार्यसमिती रोल्पाले गंगादेव गाउँपालिकाको सुखाओडारमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको थियो । पार्टी प्रवेश कार्यक्रममा गृह जिल्ला रोल्पा पुगेका नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अम्मरसिहं पुनमगरले पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा माओबादी केन्द्र बाट पूर्व जनमुक्ति सेना नेपाल कम्पनी सहायक कमाण्डर बिष्णु वली क. बिपना लगाएत नेताकार्यक्रता र नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६० भन्दा बढी नेता कार्यक्रता नेपाली कांग्रेस पाटीमा प्रवेश गरेका थिए। नेपाली काग्रेसका दिपेन्द्र बहादुर डागीका अनुसार निकट केही दिन भित्रै थप १०० भन्दा बढी कार्यकर्ताले माओवादी छोड्नेगरि छलफल भैरहेको बताए ।

पार्टी परित्याग गर्ने माओवादी निकट कार्यक्रताको नेतृत्व गरेकी पूर्व जनमूक्ती सेना नेपाल सहायक कमाण्डर क.बिपना ले आफूलाई पार्टी संगठन र आफैले निर्वाचित गराएका गाउपालिका अध्यक्षले बेवास्था गरेको बताए । यसै सन्दर्भमा गाउपालिकामा अध्यक्ष बिरबहादुर खत्रीको नाम लिदै कमिसन, भ्रष्टाचार, नातावाद कृपावादमा चुर्लुम्म डुबेको र पालिकामा प्राप्त बजेट सहि सदुपयोग नभएको, जनताले महसुस हुनेगरि काम नगरेको झुट्टा आसपासन मात्र बाटेको र यूद्दकालिन सपना पूरा हुने वातावरण सृजना नभएकोले पार्टी परित्याग गरेको बताइन।

उता माओवादी केन्द्रले भने गाउपालीका कमिटीमा संगठित सदस्य रहेको बताएको छ। गाउपालिकामा पार्टी भित्र – बाहिर गाउपालीका अध्यक्ष बिरबहादुर खत्री को कार्यशैली प्रति चर्को असन्तुष्टि रहेको छ

प्रतिक्रिया दिनुहोस