सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका शिक्षकहरुलाई पुनर्बहाली गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।
पुनर्बहाली हुनुपर्ने भनेर यसअघि सिफरिस गरिएका १८ जनालाई नियुक्ति दिने निर्णय पनि भएको छ भने निवृत्तिभरण र अन्य सुविधा ४१ जनालाई दिने निर्णय समेत भएको छ ।
यसैगरी अस्थायीतर्फका २८४ जनालाई आर्थिक सहायता प्रदान गर्ने निर्णय पनि भएको छ ।