
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले चुनावमा गठबन्धन गर्दै जाने हो भने नेपाली कांग्रेसको हालत भारतीय कांग्रेसको जस्तै हुने बताएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता पुनले नेतृत्वसमक्ष चुनावी गठबन्धनको निर्णय नगर्न आग्रह गरेका थिए ।
बैठकमा उनले भनेका छन्, ‘भारतीय कांग्रेसले गठबन्धन गर्दै गयो । अहिले उसैलाई खोज्नुपर्ने भाएको छ। आफ्नै कार्यकर्तालाई अरू दलमा भोट हाल्न सिकाएपछि हुने हालत त्यही हो। गठबन्धन गर्नै परे मतभारलाई हेरौं ।’
कांग्रेसले अन्य दलसँग गठबन्धन गर्नु पर्ने अवस्था छैन। सोलोडोलो तह छुट्टाएर गठबन्धन गर्नु फाइदाजनक हुँदैन। गठबन्धन माथिल्लो तहले निर्णय लाद्ने हो भने घाटा हुन्छ। गठबन्धन गर्ने आधार र मापदण्ड त हुनुपर्छ होला नि ?
सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा जारी बैठकमा प्रदेश सभापतिहरूले आफ्नो धारणा राखिसकेका छन् ।