किसानहरुलाई ठगी गरेको आरोपमा नेकपा एमालेको भात्री संगठन किसान महासंघका केन्द्रीय सदस्य तथा जलजला सिडका संचालक गंगाराम खत्री पक्राउ परेका छन् । रोल्पाको गंगादेव गाँउपालीका वडा नं ३ घर भएका खत्रीले सम्झौता भन्दा कमसल खालका सामाग्री वितरण गरी किसानहरुलाइ ठगीरहेकाे अवस्थामा सामाग्री सहित सल्यानकाे कपुरकाेटबाट प्रहरीले बिहिवार पक्राउ गरेको हाे ।
कृषि किङ र किसान नामक कम्पनीका मिनिटिलर (हाते ट्याक्टर) ७२ हजारमा उपलब्ध गराउने भनी जलजला सिडसँग कृषि समूहले सम्झौता गरेको (कृषि समूहले ३६ हजार र ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई जोन अनुदान) मा सहमति भएकोमा जलजला सिडका सञ्चालक खत्रीले सम्झौता भन्दा कम लागतको मिनिटिलर ल्याएर विवरण गरी रहेको अवस्थामा सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले जानकारी दिए ।
प्रदेश ३०१-००६ ख ४५ नम्बरको ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कृषि किङ ब्रान्डको मिनिटिलर लेखिएका डिजाइन बाई इन्डिया लेखिएका आइटम १७८ डिजेल मिनिटिलर ६२, आइटम १७३ डिजेल का मिनिटिलर ३ थान, कम्बाइन मिल १ थान, ब्रस कटर ७ थान, मोबिल ६० बोतल, गियर वेल ७५ बोतल, सिङ्गल इन्डक्सन मोटर १ थान र ब्रस ब्लेड २ थान नियन्त्रणमा लिइएको उनको भनाई छ ।
नयाँ किसान र हाईजिन एग्रोको ट्याक्टरहरूमा कृषि किङ र किसान हाते ट्याक्टरको लोगो अनाधिकृत रुपमा प्रयोग गरीएको र नयाँ किसान र हाईजिन एग्रोको हाते ट्याक्टरहरू सम्झौता भन्दा निकै सस्तो रहेको भनी स्थानिय कृषकहरूबाट सूचना आएको र कृषि किङ नेपालको लागि आधिकारिक बिक्रेता रहेको डी.बि. ईन्टरनेशनल प्रा.लि. भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनाधिकृत प्रयोग गरेको भनी लिखित जाहेरी दरखास्त समेत प्राप्त भएको सुचना अधिकारी पौडेलले बताए ।
कृषि सामाग्रीमा लाभ लिने नियतले झुट्टा लिखत बनाई किर्ते गरेकाले ठगी तथा किर्ते गरेको कसुरमा जिल्ला अदालत सल्याबाट ७ दिनकाे म्याद थप गरि खत्रीलाइ प्रहरी हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको सल्यान प्रहरीले जनाएको छ ।