• एउटै दृष्टि, भिन्न कोण
  • Search

किन पुग्दैछन प्रचण्ड रोल्पा

रोल्पा २०७८ चैत्र १३ गते आइतवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)  रोल्पा आउने भएका छन । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले जिल्ला सदरमुकाम लिबाङको टुडिखेलमा आयोजना गरेकोे बृहत जनसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा आउने भएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्व सभामुख कृष्ण बहादुर महरा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जोग बहादुर महरा, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सीता आचार्य, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुन लगाएतका केन्द्रिय नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

पूर्व उर्जा, जलश्रोत तथा सिचाँइ मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता बर्षमान पुन भने कार्यक्रममा नआउने हुनुभएका छन। उनी उपचारका लागि ११ चैतमा चीन गएका छन ।   जण्डिसका कारण केही महिना देखि चीनमा उपचार गराएर फर्किएका थिए ।  उपचारका लागि आफ्नो पत्नी पूर्व सभामुख ओनसरी घर्ती सहित पुन चीन पुगेका छन । बृहत जनसभामा पूर्व अर्थमन्त्री बर्षमान पुन, नेकपा माओवादी केन्द्रका केन्द्रिय तथा पूर्व सभामुख ओनसरी घर्ती र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुल प्रसाद केसी लगायतका नेता कार्यक्रममा उपस्थिति नहुने बताइएको छ ।

साथै प्रचण्डले भोलिनै रोल्पा नगरपालिकाको सातदोबाटोमा निर्माण गरिएको जनयुद्ध स्मृति भ्यु टावरको रिवन काटेर उद्घाटन गर्ने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाका संयोजक सुरेन्द्र थापा घर्तीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस