• एउटै दृष्टि, भिन्न कोण
  • Search

‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि रोल्पाका ३ विद्यालय छनोट

रोल्पा २०७८ चैत्र १६ गते बुधवार

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि रोल्पाका ३ ओटा विद्यालय छनोट भएका छन् । जस अन्तर्गत नेपाल राष्ट्रिय नमूना मा.बि. परिवर्तन गा.पा. राङकोट, बिर बलीभद्र नमुना मा.बि. थबाङ, सिद्धार्थ मा.बि. गंगादेव घोप्टेओढ़ार छनौट भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । केन्द्रले केही समयअघि पढ्दै कमाउँदै कार्यक्रमका लागि सूचना जारी गरेको थियो ।

विद्यालय सहयोग कार्यक्रममा सामुदायिक विद्यालयसँग प्रस्ताव माग गरिएकोमा निर्देशक समितिको ८ चैत २०७८ मा बसेको बैठकको निर्णयानुसार विद्यालयहरू छनोट गरिएको हो ।

देशबार कार्यक्रमका लागि १४० विद्यालय छनोट भएका छन ।

प्रतिक्रिया दिनुहोस