• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनीका दुइतिहाई स्थानीय तह कांग्रेसले जित्ने सभापति पुनको दाबी

स्थानीय आवश्यकता अनुसार चुनावी तालमेल हुन सक्ने
कपिलवस्तु २०७८ चैत्र १७ गते बिहिवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले स्थानीय आवश्यकताको आधारमा आगामी स्थानीय निर्वाचनमा तालमेल हुन सक्ने बताएका छन् ।

नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं २ (ख) द्वारा आज सुद्धोधन गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गर्दै सभापति पुन सोलोडोलोको आधारमा नभई स्थानीय जनमतको आधारमा तालमेल हुन सक्ने बताए ।

सभापति पुनले आगामी स्थानीय निर्वाचनमा लुम्बिनीका दुइतिहाई स्थानीय तहमा कांग्रेसले विजयी प्राप्त गर्ने दाबी गरे । उनले लुम्बिनी प्रदेशमा रहेका १०९ स्थानीय तहमध्य ७५ स्थानीय तहमा कांग्रेसले स्थानीय सरकार निर्माण गर्ने उनको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस