• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेश आव ०७९/८० को बजेट, प्रदेश प्रहरी र संचार विधेयक पारित

बुटवल २०७९ असार १५ गते बुधवार

लुम्बिनी प्रदेश सरकारको आ.व. २०७९/८० को बजेट पारित भएको छ । असार १ गते प्रस्तुत बजेट विभिन्न चरणको छलफलका पश्चात आज बसेको प्रदेश सभाको बैठकबाट पारित भएको हो । 

आर्थिक वर्ष २०७९/८० को लागि ४२ अर्ब ६३ करोड ७ लाख, कुल विनियोजनमध्ये चालु खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार कुल बजेटको ३१.२६ प्रतिशत‚ पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार कुल बजेटको ५७.४१ प्रतिशत रहने अनुमान गरिएको छ । 

वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब  ८३ करोड लाख,  कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११.३३ प्रतिशत रहने गरी प्रस्ताव गरिएको छ ।

यस्तै आजै प्रदेश सभाबाट प्रदेश प्रहरी सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक  र सञ्चार विधेयक समेत पारित भएको छ।  प्रदेश प्रहरी विधेयक र संचार विधेयक सभामा कानून समितिका सभापति दामाकुमारी शर्माले प्रस्तुत गरेकी थिइन्  ।

प्रतिक्रिया दिनुहोस