गंगादेव गाउँपालिकाको नाम ‘सुकिदह’ गाउँपालिका राख्ने निर्णय बिरुद्द सर्बोच्च अदालतमा मुद्दा दायर भएको छ । गत असार १७ गते सुक्रबार बसेको कार्यपालिकाको बैठकद्वारा पालिकाको नाम सुकिदह बनाउने निर्णय बिरुद्द मुद्दा दायर भएको हो ।
गंगादेव गाउँपालिका स्थानीय तहलाई बिपक्षी बनाई स्थानीय व्यक्ति बेलबहादुर दमाईले मुद्दा हालेका हुन । उनको निवेदनको आधारमा सर्बोच्च अदालत काठमान्डौले बहस तथा छलफलका लागि आगामी भदौ १४ गते पेशी तोकेको छ ।
निवेदकको तर्फबाट विद्वान अधिवक्ता प्रभाकर भटराईले बहस गरेका थिए ।
