• एउटै दृष्टि, भिन्न कोण
  • Search

रेडक्रस रोल्पाको सभापतिमा घर्तिमगर

रोल्पा २०७९ साउन २९ गते आइतवार

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको सभापतिमा पुनः डी.वि. घर्तीमगर निर्वाचित भएका छन् । जिल्ला सदरमुकाम लिबाङमा सम्पन्न शाखाको ३४ औँ साधारणसभा तथा ११ औँ अधिवेशनले घर्तीमगरको सभापतित्वमा १७ सदस्यीय जिल्ला कार्यासमिति निर्वाचित गरेको हो ।

समितिको उप–सभापतिमा टीकाकुमारी बुढामगर र रुपकला घर्तीमगर, मन्त्रीमा अमर घर्तीमगर, उपमन्त्रीमा ध्रुवचन्द्र पुन, कोषाध्यक्षमा भिमबहादुर पुन, उप–कोषाध्यक्षमा सुनबहादुर पुन चयन भएका छन् ।

यसैगरी सदस्यमा भगवती मल्ल, त्रिपनी बैजाली, लक्ष्मी डाँगी, नौलसिंह पुन, मानबहादुर घर्तीमगर, लछिराम थापा, प्रवेशप्रसाद बुढामगर, रामबहादुर बुढामगर, धनीराम बुढामगर, विनोद डाँगी सर्वसम्मत चयन भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाले मानविय सेवा क्षेत्रमा श्रहानिय काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस