• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेशको सबै जिल्लामा गठबन्धन गर्ने नेपाली कांग्रेसको निर्णय

काठमाडौ २०७९ साउन २९ गते आइतवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशको आइतबार बुटवलमा बसेको बैठकले आगामि मंसिर ४ गते हुने संघ र प्रदेश निर्बाचनमा बलियो गठबन्धन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यसमितिले स्थानीय तह निर्वाचको मताभार, पार्टीको संगठनको परिस्थिति र राष्ट्रिय आवश्यकता बमोजिम लुम्बिनी प्रदेशको सबै जिल्लामा गठबन्धन गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा प्रदेशभर पार्टी जिताउन प्रतिनिधि खटाउने निर्णय गरेको छ । समितिको आइतबार बसेको बैठकले चुनावी माहोल सिर्जना गरी पार्टीको स्थलगत रिपोर्टिङको लागि ५२ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय गरेको हो ।

यस्तै बैठकले विधानमा तोकिएको भन्दा १२ वटा थप विभाग गठन गर्ने निर्णय गरेको छ । पार्टी विधानअनुसार प्रदेशमा २१ वटा विभाग गठन गर्नुपर्ने हुन्छ । साथै बैठकले पार्टीको कोष बाँडफाँट गर्दा स्थानीय र प्रदेश तहका समितिका लागि लेवी वृद्धि गर्ने निर्णय गरेको सभापति अमरसिंह पुनले जानकारी दिए ।

बैठकले पार्टीको नीति, घोषणा पत्र, आर्थिक नीति, योजना तर्जुमा, संघीयताको सबलीकरण, स्थानीय शासन प्रणाली र जनता–स्थानीय सरकार र कांग्रेस विचको सन्तुलित सम्बन्ध स्थापित गर्नको लागी कांग्रेसको तर्फबाट गत स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम संचालन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस