• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेश सरकारको गौरव आयोजना मुख्यमन्त्री केसी द्वारा उद्घाटन

दाङ २०७९ भाद्र १९ गते आइतवार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) ले लुम्बिनी प्रदेशमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना हुनुले लुम्बिनी प्रदेश सरकारको गौरवको सपना र आफ्नो सपना उद्घातित भएको र लुम्बिनी प्राविधिक विश्व विद्यालयको स्थापनाले लुम्बिनीबासीको लागि मात्रै नभएर युग नयाँ युगको जन्म भएको बताउनुभएको छ ।बाँकेको नेपालगंजमा आयोजित कार्यक्रममा मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारद्वारा सञ्चालित हुने पहिलो लुम्बिनी प्राविधिक विश्व विद्याललयको उद्घाटन कार्यक्रमा बताउनुभएको हो ।

मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारको गौरव र सपनाको योजनाले विपनामा बदलिएको, लुम्बिनी प्राविधिक विश्व विद्यालयलाई विकास र उन्नतीका लागि प्रदेश सरकारले पहिलो प्राथमिकता दिएर स्थपना गरेकोले आगामी दिनमा आउने सरकारले पनि यसलाई अगाडि बढाउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयोः“हामीले साना योजना त आफ्ना नियमित कार्यक्रम त चलिरहनेछ तर हाम्रो गौरवको योजनाहरुमध्ये लुम्बिनी प्राविधक विश्व विद्यालय पनि एक हो यसलाई हामीले शुरुवात गरेका छौँ अवको आउने सरकाको पनि दायत्वि हुन आउँछ ।”
मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेश सरकारको आफ्नो ४ वटा गौरवको आयोजना मध्ये लुम्बिनी विश्व प्राविधिक पनि भएकाले आगामी दिनमा हुने सरकारले पनि त्यसलाई पूणर्ता दिन वाध्यकारी भएको बताउँदै स्थापना गरिनुले लुम्बिनी प्रदेशको शैक्षिक सुचाङकमा माथि उठेको बताउनुभयो ।
यस्तै उहाँले लुम्बिनी प्रदेश सरकारले शिक्षामा लुम्बिनी प्राविधिक विश्व विद्यालय, स्वास्थ्यमा लुम्बिनी प्रादेशिक अस्पताल, नयाँ राजधानीको निर्माण र रामपुरदेखि कपुरकोटसम्मको सडक यी गौरवको आयोजनालाई प्राथमिकता दिएको बताउँदै त्यसलाई पूणर्ता दिएर लुम्बिनीलाई नयाँ उचाईमा उठाउन अगाडि बढाएको बताउनुभयो ।
यस्तै शिक्षा मन्त्री बसीउसीदीन खाँले राज्यले शिक्षामा सबै नागकिको पहुच विस्तार गर्नका लागि अगाडि बढाएको र अब दक्ष जनशक्ति उत्पादनको लागि प्रदेश सरकारको लागेको बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश सरकारको शिक्षामा ज्योति बाल्ने अभियालाई सबैले साथ दिनुपर्ने बताउँदै त्यसका लागि सरकार पूणर् प्रतिवद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा संघीय सांसद पूणर् कुमारी सुवेदीले नेपालमा उत्पादन हुने दक्ष जनशक्तिहरुलाई नेपालमै स्वरोजगार बनाएर अगाडि बढाएमा मात्रै देशको विकास हुने बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले नेपालगञ्जको खजुरामा स्थापना गर्नुले लुम्बिनीबासीको भाग्य र भविस्य फैसला गर्ने बताउनुभयो ।
लुम्बिनी प्राविधिक विश्व विद्यालय स्थापना हुने गाउँपालिका अध्यक्ष कार्यक्रममा खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विश्वकर्माले लुम्बिनी प्रदेश सरकारले गजुरामा स्थापना गरी धन्यवादको पात्र बनको बताउनभयो ।
कार्यक्रममा उपकुलपति प्रा.डा. विनोद ढकालले लुम्बिनी प्रदेशमा नयाँ विषय कृषि, स्वास्थ्य,पर्यटन, सूचना प्रविधि लगायतको विषयमा अध्ययपन गराईने बताउनुभयो । कार्यक्रम रजिष्टार रेग भण्डारीले सञ्चालन गर्नुभएको थियो

प्रतिक्रिया दिनुहोस