• एउटै दृष्टि, भिन्न कोण
  • Search

बर्दिया १ अमरसिंह पुनको आधिकारिक उम्मेद्वारी नरहेको जानकारी, रोल्पाबाटै निर्वाचन लड्ने

बुटवल २०७९ भाद्र २१ गते मङ्गलवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले बर्दिया १ बाट आधिकारिक उम्मेद्वारी नरहेको बताएक छन ।

पुन रोल्पाबाटै निर्वाचन लड्ने तयारी गरिरहेको समयमा नेपाली कांग्रेस बर्दिया प्रतिनिधि सभा क्षेत्र न. १ को क्षेत्रीय समितिका सभापतिले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति पुनको नाम समेत सिफारिस गरेको सम्बन्धमा एक प्रेस विज्ञाप्ति जारी गर्दै उम्मेदवारको लागि सिफारिस गरि सद्भाव प्रकट गरिदिएकोमा धन्यवाद व्यक्त गर्दै बर्दिया १ अमरसिंह पुनको आधिकारिक उम्मेद्वारी नरहेको जानकारी गराएका हुन ।

सभापति पुनले रोल्पाबाटै आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको तयारी गरिरहेको र सोहि अनुसार नेपाली कांग्रेस रोल्पाले प्रतिनिधि सभा र प्रदेश सभा (ख) बाट उहाँको नाम सिफारिस गरेको हुदा उहाँको नाम संशोधन गरिदिनु नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति बर्दियालाई अनुरोध समेत गरेका छन l

पुन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन ।

प्रतिक्रिया दिनुहोस