• एउटै दृष्टि, भिन्न कोण
  • Search

वर्षमान बाट उछिट्याएका कमरेड `सिजल´

काठमाडौ २०७९ असोज २८ गते शुक्रवार

माओवादीकाे आधार इलाका मानिने राेल्पामा यति बेला माओवादी भित्र नै उथलपुथल भएको छ। जनयुद्ध देखि सहयात्री रहेका मुख्य पात्र मध्ये दुई जना वर्षमान पुन अन्नत´ र दिपेन्द्र कुमार पुनसिजल´ हुन। जनयुद्धकाे क्रममा अंगभंग भएको हुदा ज्यूँदो शहीद मानिने सिजल यतिबेला पार्टी नेतृत्वबाट नै अंगभंग भएका छन।

गत २०७४ काे निर्वाचनमा राेल्पा प्रदेश सभा `ख´ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका सिजल आसन्न मंसिर ४ काे निर्वाचनमा प्रतिनिधि सभा सदस्यका दाबेदार समेत मानिएका थिए। तर पार्टी भित्रकै खिचातानीले सिजलकाे त्याे याेजना विफल त रह्याे नै प्रदेशसभा सदस्यमा समेत उनलाई पुन:पार्टीले दाेहाेर्याउन सकेन। जसमा कुटनितिक रुपमा घुमाउराे खेल खेलाउन सजिलो बन्याे सत्ता गठबन्धन जसले गर्दा सिधै वर्षमान बाटै पेलिएका सिजल अन्तमा पार्टीबाट उछिट्टिनु पर्याे।

रोल्पाबाट माओवादी केन्द्रीय कमिटी भित्र प्रभावशाली मानिएका उपमहासचिव वर्षमानका बलियाे आधार समेत मानिएका सिजलकाे विगतमा पार्टी भित्र लगाव हेर्ने हाे भने पूर्वमन्त्री समेत रहेका वर्षमान, पूर्व सभामुख ओनसरी घर्ती (वर्षमानकाे श्रीमती), पूर्वमन्त्री जयपुरी घर्ती र झक्कुप्रसाद सुवेदीलाई राष्ट्रिय राजनीति सम्म पुर्याउन राेल्पा मुख्य पात्रकाे रुपमा परिचित छन सिजल।

राेल्पालाई आफ्नो लाल इलाका मान्ने माओवादी केन्द्रले गत स्थानीय तह निर्वाचनमा गठबन्धन नगरी भिडेपछिकाे तरङ्गलाई हेरेर याे निर्वाचनमा गठबन्धन गर्ने निर्णयमा पुगेपछि र वर्षमानले आफू भन्दा अरुलाई प्रतिनिधि सभा दिन नमानेपछि गठबन्धनको बाहानामा वर्षमानले नै सिजललाई उछिट्याई दिएका हुन।

गठबन्धनकाे केन्द्रीय निर्णय अनुसार गत २०७४ काे निर्वाचनमा जुन दलका प्रतिनिधि विजयी भएका छन उक्त क्षेत्रमा साेहि दलले उम्मेदवार बनाउने निर्णय भए पनि एक प्रतिनिधि सभा रहेको राेल्पामा आफू उम्मेदवार बन्दै प्रत्यासी मानिएका कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई प्रदेश सभा `ख´ मा सहमति दिएपछि सिजल वर्षमानबाट नै उछिट्टिन पुगेका हुन। अमरसिंह लुम्बिनी प्रदेश मुख्यमन्त्रीका दाबेदार समेत मानिएका छन। गत २०७४ काे निर्वाचनमा प्रतिनिधि सभाका लागि वर्षमान र अमरसिंह उम्मेदवार थिए। वर्षमानले ४० हजार ६४७ मत पाएर विजयी भए भने निकटतम प्रतिस्पर्धी कांग्रेसका अमरसिंहले १९ हजार ९०६ मत मात्रै लिएका थिए।

कृष्णबहादुर महरा दाङ गएपछि वर्षमान दम्पतीलाई नै राेल्पामा थप रजगजकाे सहज भयाे। राेल्पाबाट केन्द्रीय राजनीति संगै सत्ताकै वरिपरि घुमिरहेका यी दम्पती अझै उहीँ माेहमा छन। ओनसरीले काठमाडौ क्षेत्र नं. २ बाट उम्मेदवार बनेकि छन।

पार्टी भित्र प्रतिनिधि सभाका लागि सुरुमा ३ जनाकाे नाममा जिल्लामा गहिरो छलफल भयाे। जसमा वर्षमान, जयपुरी घर्ती र सिजल पछिल्लो समयमा जयपुरी पछि हटेपनि वर्षमानले सिजललाई स्थान दिन मानेनन् त्यसपछि प्रदेश सभामै झरेका सिजल उनकाे निर्वाचन क्षेत्र प्रदेश सभा `ख´ मा गठबन्धनबाट कांग्रेसलाई भाग दिएपछि त्यहा पनि ठाेकिएका सिजलले अन्तमा पार्टीको सबै जिम्मेवारीबाट राजिनामा दिदै स्वतन्त्र उम्मेदवारी दिएका हुन। उनी पोलिटब्युरो सदस्य, घाईते अपाङ्ग संगठन, अपाङ्गता संगठन नेपालको केन्द्रीय फ्याक्सन र राेल्पा जिल्ला ईन्चार्जकाे जिम्मेवारीमा थिए।

प्रतिक्रिया दिनुहोस