पाँच दलीय सत्ता गठबन्धनका विद्यार्थी संगठनहरूले केन्द्रीय परिचालन समिति गठन गर्ने भएका छन् । आज नेपाल विद्यार्थी संघको कार्यालय अनामनागरमा बसेको बैठकले चुनाव लक्षित केन्द्रीय परिचालन समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा ‘एक बुथ २०० युथ’को नीति बनाउने निर्णय पनि गरेको छ । जसअनुसार हरेक बुथमा २०० युवाहरूको अनिवार्य परिचालन गरिने बैठकपछि जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
बैठकले मुलुकभरका हरेक निर्वाचन क्षेत्रमा संघ र प्रदेश स्तरीय संयुक्त चुनाव परिचालन समिति पनि गठन गर्ने निर्णय गरेको छ ।