• एउटै दृष्टि, भिन्न कोण
  • Search

४६ सालदेखि एमालेमा सक्रिय दाङका सापकोटा सहित दर्जनौं युवाहरु काँग्रेसमा प्रबेश

दाङ २०७९ कार्तिक १८ गते शुक्रवार

लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय केशब सापकोटा नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेका छन्। तुलसीपुरस्थित काँग्रेस पार्टी कार्यालयमा शुक्रबार एक औपचारिक कार्यक्रमका बीच सापकोटासहित दर्जनौं युवाहरु काँग्रेसमा पार्टी प्रबेश गरेका हुन ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा दाङ क्षेत्र नं. ३ का उम्मेदवार दीपक गिरी, काँग्रेस नेता तथा क्षेत्र नं. ३ ९क० का उम्मेदवार डिल्लीबहादुर चौधरी, क्षेत्रीय सभापति जगतबहादुर खड्का, नेपाल तरुण दलका जिल्ला अध्यक्ष टीका घर्ती, तुलसीपुर नगरसभापति सुरेश हमाल लगाएतका नेता कार्यकर्ताले सापकोटालाई पार्टीमा स्वागत गरेका थिए ।

पार्टी प्रबेशपछिको सम्बोधनमा सापकोटाले आँफु २०४६देखि नै नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएको भएपनि पछिल्लो समयमा पार्टीका गतिबिधि चित्त बुझ्दो नभएका कारण एमाले त्यागेको घोषणा गरेका थिए ।

यो बीचमा सापकोटा एमाले दाङको जिल्ला कमिटी सदस्य, तुलसीपुर नगर कमिटी अध्यक्ष लगाएतको पदमा रहेर काम गरेका थिए ।

उनले पार्टीमा बिचलन आएपछि र केही समय पहिले अमृतपुर खानेपानीको उपाध्यक्षमा गठबन्धन दलहरुको तर्फबाट उम्मेदवार बनेको बताए ।

उनले हालसम्म आँफु एमालेमा निस्कृय बस्दै आएको भएपनि नेकपा एकीकृत समाजबादीमा गरि नसकेको हुँदा आँफु काँग्रेस पार्टी प्रबेश नगर्दासम्म एमालेकै नेता भएको दाबी गरेका थिए ।

सापकोटाले खानेपानी निर्वाचन पछि एमाले जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेले कारबाही गरेको भनेर आफ्नो फेसबुकमा लेखेको भएपनि पछिल्लो समय कारबाही फुकुवा गरेको भनेर उल्लेख गर्नुले पनि आँफु काँग्रेस प्रबेश नगर्दासम्म एमालेकै नेता रहेको उनले दाबी गरेका थिए ।

एमाले अध्यक्ष ‘केपी ओलीको एकतन्त्रिय राणा शासन जस्तो’ चिन्तनको अन्तय गर्न र देश जोगाउनका लागि आँफु नेपाली काँग्रेसमा पार्टी प्रबेश गरेको सापकोटाले बताए ।

ओलीको ज्याजती सहन गर्न नसकी आँफुले ३०–३५ बर्षको एमालेमा गरेको लगानी त्यत्तिकै थाँती राखेर काँग्रेस पार्टीको बिचार र शिद्धान्त ठिक लागेर प्रबेश गरेको सापकोटाले तर्क गरेका थिए ।

उनले आँफुपनि अब गठबन्धनका सबै उम्मेदवारलाई बिजयी बनाउन लाग्ने र अन्य सबैलाई पनि गठबन्धनका उम्मेदवारलाई मतदान गरि बिजयी गराउन आग्रह गरेका थिए ।

केशब सापकोटा नेपाली काँग्रेसका क्षेत्रीय सचिव शोभाकर सापकोटाका सहोदर दाजु हुन ।

प्रतिक्रिया दिनुहोस