रोल्पा जिल्ला त्रिवेणि गाउँपालिका जुगारमा नेर्पामा हिजो शुक्रबार आयोजित बाम_गठबन्धन दलको चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काग्रेंस लुम्बिनी प्रदेश सभापति एवम रोल्पा क्षेत्र न . २ (ख) का प्रदेश सभा उम्मेदवार अमरसिंह पुन मगर ले रोल्पाको समस्या समाधान गर्ने केही आइतबार नलाग्ने बताउनु भएको छ ।
पुनले अहिलेको समस्या संविधान रक्षा लागि त्यस्तै शिक्षा , स्वास्थ्य , पर्यटन क्षेत्र , कृषि उत्पादन , बाटाघाटा , रोजगारी सिर्जना गर्न र यहाँका समस्या समाधान गर्न साथै ७७ वटा जिल्लामा र ३६५ वटा निर्वाचन क्षेत्रमा सन्देश दिने गरि रोल्पामा गठबन्धन भएको बताउनु भएको छ ।

साथै रोल्पामा जसरी सिट बाटफाट भएको छ त्यसरी नै काम गर्ने र निर्वाचित भइ ५ बर्ष सम्म रोल्पाको विकाश र समृद्धिका लागि अगाडि बढ्ने बताउनु भयो । त्यस्तै अबको राजनीति बाटो लडेर मात्र होइन , तर्सेर मात्र होइन , एउटाको खुट्टा अर्कोले तानेरमा मात्र होइन एकाअर्कालाई सहयोग गरेर अगाडि बढ्नुपर्ने समेत बताउनु भयो ।