• एउटै दृष्टि, भिन्न कोण
  • Search

बृहत चुनावी सभा सम्बोधन गर्न प्रचण्ड र गगन थापा २९ गते रोल्पा होलेरी आउने

रोल्पा २०७९ कार्तिक २१ गते सोमवार

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पुर्व_प्रधानमन्त्री पुष्पदाहल प्रचण्ड र नेपाली काग्रेंस महा_मन्त्री गगन थापा रोल्पाको होलेरीमा बाम-गठबन्धन दलको बृहत चुनावी सभा सम्बोधन गर्न कार्तिक २९ गते रोल्पाको होलेरीमा आउने पुर्व-मन्त्री एवम प्रतिनिधि सभा सदस्य क्षेत्र न. १ (क) का उम्मेदवार बर्षमान पुनले बताउनु भएको छ ।

त्यस्तै यो चुनावी समयमा शिर्ष नेताहरु देशको मुख्य मुख्य निर्वाचन क्षेत्रमा पुगिरहेका बेला रोल्पा एउटा शान्तिको क्षेत्रको रुपमा परिचीत गर्न र अगाडी बढाउनको लागि आउने रोल्पा रुन्टिगढी गा.पा ४ सुर्पाल नेटामा आयोजित चुनावी सभा कार्यक्रममा बताउनु भयो ।

पुनले भन्नुभयो क.प्रचण्ड र शिर्ष नेताहरुलाइ चुनाव जित्नका लागि नभइ साङ्केतिक रुपमा बोलाइएको र हामी रोल्पामा गठबन्धन दल मिलेका छौ हातेमालो गरेका छौ भोलिपनी सङ्गै जान्छौ भनेर देशभर सन्देश दिनका लागि बोलाइएको बताउनु भएको छ । त्यस्तै गठबन्धन दललाई चुनाव जित्नलाई कुनै समस्या नभएको र राजनीतिक आवश्यकताले गठबन्धन गरेको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस