• एउटै दृष्टि, भिन्न कोण
  • Search

हिजो फरक-फरक भएको मञ्च आज एउटै भएको छ:-अमरसिंह पुन

रोल्पा २०७९ कार्तिक ३० गते बुधवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति एवं बाम लोकतान्त्रिक गठबन्धन रोल्पा क्षेत्र नं.१ ख का प्रदेश सभाका प्रत्यक्ष साझा उम्मेदवार अमरसिंह पुनले हिजो फरक फरक भएको मञ्च आज एउटै भएको बताउनु भएको छ ।

निर्वाचन परिचालन समिति रोल्पाले आयोजना गरेको लोकतान्त्रिक बाम गठबन्धनको घरदैलो अभियान तथा कोण सभा कार्यक्रमको विशिष्ट अतिथि समेत रहेका पुनले सो कुरा बताउनु भएको हो । लिबाङको टुडिखेलमा भएको कोण सभालाई सम्बोधन गर्दै पुनले आजको राष्ट्रिय राजनीतिको परिस्थिति अनुसार लोकतान्त्रिक बाम गठबन्धन शक्तिहरु एउटै मञ्चमा होमिएको समेत बताए ।

हामी विभिन्न ठाउँका साँझा कार्यक्रमहरु सम्पन्न भएको बताउदै सकारात्मक सुझाव आएकोले रोल्पाको समृद्धि र विकासका लागि परिवर्तनकारी रोल्पालीले सहयोग गर्नु हुन्छ भन्ने अपिक्षा लिएको समेत बताए । रोल्पामा स्थानीय तह निर्वाचन २०७९ बैशाख ३० मा सम्पन्न भए झै १ सय ६५ निर्वाचन क्षेत्रमा निष्पक्ष,स्वतन्त्र,भइरहित र शान्तपूर्ण वातावरणमा सम्पन्न गर्नु सबैको दायित्व भएको समेत बताए ।

रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभामा लोकतान्त्रिक बाम गठबन्धनले जितेमा संघ र प्रदेश सरकारमा सौहार्दपूर्ण रोल्पा समृद्धि र विकासका लागि वातावरण बन्ने समेत जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस