• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोल्यो

मुस्ताङ २०७९ मङ्सिर ५ गते सोमवार

प्रतिनिधिसभामा नेपाली कांग्रेसले खाता खोलेको छ । मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले एमालेका उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई ९१४ मतले पछि पार्दै विजयी भएका हुन ।

कांग्रेसका थकालीले ३ हजार ९९२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनले ३ हजार ०७८ मत प्राप्त गरेका छन् ।

मुस्ताङमा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्देश गुरुङले ८७ मतमात्र प्राप्त गरेका छन् । मुस्ताङमा ७ हजार २३० मत खसेको थियो ।

ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट उत्तीर्ण गरेका थकाली साविक लेतेमा कांग्रेस गाउँ सभापति, कांग्रेस जिल्ला सदस्य हुँदै हाल गण्डकी प्रदेश सदस्य र महाधिवेशन प्रतिनिधिसमेत हुन् । उनले लेतेमा होटल कालोपानी र पोखरामा त्रिथुंगा ट्राभल्स एन्ड टुर्स प्रालिका सञ्चालन गरिरहेका छन् । उनले मुस्ताङमा किविलगायत अर्गानिक कृषि फार्म पनि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस