• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक तर्फ कुन दलको कति मत ? यस्तो छ नतिजा

काठमाडौ २०७९ मङ्सिर ६ गते मङ्गलवार

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मत गणना यतिबेला धमाधम भइरहेको छ । कतिपय ठाउँको अन्तिम मतपरिणाम समेत सार्वजनिक भइसकेको छ ।

धेरैको ध्यान प्रत्यक्ष उम्मेदवारहरुले कहाँ कति मत ल्याए भनेर चासो भइरहदा समानुपातिक निर्वाचन प्रणालीको भने कम चासो देखिएको छ ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म सबैभन्दा धेरै नेकपा (एमाले) ले समानुपातिक तर्फ मत ल्याएको छ । एमाले र कांग्रेसले एक लाख बढी मत ल्याइसकेका छन् ।

हेर्नुहोस् कुन दलको कति मत

नेपाल कम्युनिष्ट पार्टी (एमाले) – १२९४८०
नेपाली काँग्रेस- ११२२३३
राष्ट्रिय स्वतन्त्र पार्टी – ५७४५७
एकल चिन्ह गोलाकारभित्र हँसिया हथौडा (नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)/नेपाल समाजवादी पार्टी) – ५१७९८
राष्ट्रिय प्रजातन्त्र पार्टी – ३१०९७
जनमत पार्टी – ९८४१
जनता समाजवादी पार्टी, नेपाल – ९७९५
नेपाल मजदुर किसान पार्टी – ७१०२
नागरिक उन्मुक्ति पार्टी – ६५१४
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) – ६१८६
अन्य – २४९२४

प्रतिक्रिया दिनुहोस