• एउटै दृष्टि, भिन्न कोण
  • Search

दाङ २ (१) बाट एमालेलाई पराजित गर्दै कांग्रेसका राजु खनाल विजयी

रोल्पा २०७९ मङ्सिर ७ गते बुधवार

दाङको निर्वाचन क्षेत्र नं. २ (१) मा नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल निर्वाचित भएका छन् । खनाल गठबन्धनका साझा उम्मेद्वार हुन् । काँग्रेस लुम्बिनी प्रदेशका उपसभापति समेत रहेका खनालले १५ हजार ६ सय १६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गरेका छन् । उनीहरु बीचको मतान्तर १ हजार १ सय ६७ रहेको छ । यो निर्वाचन क्षेत्रमा ३७ हजार ८६ मत खसेको थियो भने १ हजार ४ सय ८५ मत बदर भएको थियो ।

प्रतिक्रिया दिनुहोस