• एउटै दृष्टि, भिन्न कोण
  • Search

समानुपातिकमा एमालेले कटायो २० लाख मत, अरु दलको कति ? यस्तो छ नतिजा

काठमाडौ २०७९ मङ्सिर १० गते शनिवार

नेकपा एमालेले समानुपातिक तर्फ २० लाख मत कटाएको छ ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार २० लाख ११ हजार ८८० छ । यस्तै दोस्रोमा रहेको नेपाली कांग्रेसको मत १९ लाख ४३ हजार ४२९ रहेको छ ।

माओवादी केन्द्र ८ लाख ७० हजार ५०९ मतसहित तेस्रोमा रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीको ८ लाख ३५हजार १८३ मत रहेको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ लाह ४३ हजार ५०, जनता समाजवादी पार्टी, नेपालले २ लाख ३९ हजार ९७२ , नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १ लाख ८६ हजार ४४५ प्राप्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस