• एउटै दृष्टि, भिन्न कोण
  • Search

राप्ति इन्जिनियरिङ कलेजमा नेविसंघको इकाई गठन, सभापतिमा डाँगी

दाङ २०७९ मङ्सिर १९ गते सोमवार

दाङको घोराही स्थित राप्ति इन्जिनियरिङ कलेजमा नेपाली काङ्ग्रेस सम्बद्द विद्यार्थि संगठन नेविसंघको ईकाई कमिटी गठन भएको छ।

आज भएको चौथो इकाई अधिवेशनले चुडामणी डाँगीको सभापतित्वमा ४५ सदस्यीय इकाई समिती गठन गरेको छ । उक्त अधिवेशनले उपसभापतिहरुमा सन्देश डागी, बिजय बिष्ट, बाचना दहाल, तुल्सी रिजाल लाई चयन गरेको छ भने सचिवमा सरला हमाल ठकुरि लाई चयन गरेको छ ।

त्यस्तै सह-सचिवमा अशोक शाहि, आयुस सुवेदी, मोहन भण्डारी र गौरी चौधरि चयन भएका छन् भने कोषाध्यक्षमा सन्जोग डि सि चयन भएका छन् ।

सरला हमालको स्वागत मनतव्य बाट सुरु भएको कार्यक्रमा नेविसंघ महेन्द्र क्याम्पस घोराहीका सभापति तथा अधिवेशन प्रतिनिधी शिवराज खनालको प्रमुख आतिथ्य तथा विषेश अतिथिहरुमा राजेन्द्र दाहाल, निरज गिरी, कुलराज पोखरेल र रुद्रमणी रेग्मी रहनु भएको थियो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुको हकहितकालागी नेविसंघले लामो समयदेखी संघर्ष गरिरहेको बताएका थिए । कार्यक्रमको सञ्चालन राप्ति इन्जिनियरिङ कलेजका पुर्व सचिव पारस भण्डारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस