अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै सुरु हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए ।
प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ ।
लुम्बिनी प्रदेशसभाको बैठक अब प्रदेशको स्थायी राजधानी दाङमा संचालन हुने भएको छ । यसअघि अस्थायी राजधानी मुकाम बुटवलबाट प्रदेशसभाको बैठक लगाएत सबै कामकाज हुँदै आएकोमा पुस ११ गतेबाट सबै काम दाङबाट हुने भएका हो।
अस्थायी मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज भोलि पुस ११ गतेदेखि दाङबाटै संचालन हुने लुम्बिनी प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुन मगरले हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ ।
प्रदेश सचिवलगायत सचिवालयमा कार्यरत सबै कर्मचारी बुटवलबाट स्थायी राजधानी क्षेत्रमा पुगिसकेका छन् । दाङमा सबै मन्त्रालयको कार्यालय स्थापना भइसकेको छ ।