
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशको संसदीय दलको नेतामा स्थायी समिति सदस्य एवं लुम्बिनी प्रदेश सहइन्चार्ज जोख बहादुर महरा चयन भएका छन । महरा रोल्पा १ (२) बाट निर्वाचित सांसद हुन ।
लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीमा सोमबार बसेको माओवादी केन्द प्रदेशसभा सदस्यहरुको बैठकले दलको नेतामा महरालाई चयन गरेको हो। महरा यसअघि संविधान सभा सदस्य र विभिन्न समयमा प्रधानमन्त्री पुप्पकमल दाहल (प्रचण्ड) को प्रमुख स्वकीय सचिव समेत थिए। दलको नेता चयन गर्न लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के.सि, माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल समेतको सहभागीता रहेको थियो ।
नयाँ समीकरणअनुसार गठबन्धनमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री कसले लिने भन्ने अझै सहमति जुटेको छैन । मुख्यमन्त्रीमा माओवादी र एमाले दुवैले दाबी गर्दै आएका छन् । लुम्बिनीमा एमालेका २९ र माओवादी केन्द्रका ९ सदस्य छन् ।