• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वतन्त्रबाट निर्वाचित रोल्पाका प्रदेश सांसद माओवादी केन्द्रमै फर्किए

रोल्पा २०७९ पुष २० गते बुधवार

रोल्पामा स्वतन्त्रबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद पुन: माओवादी केन्द्रमै फर्कने भएका छन। रोल्पा १(२) बाट माओवादी केन्द्र पार्टीको जिम्मेवारी परित्यागगरि स्वतन्त्र वाट चुनाव लड्दै बिजय बनेका माननीय दिपेन्द्रकुमार पुन “सिजल” नेकपा माओवादी केन्द्रमा फर्कने भएका हुन ।

गठबन्धनका उमेदवार लाई प्राजित गर्दै बिजय हासिल गरेका दिपेन्द्र कुमार पुनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”लाई भेटेर आत्माआलोचना पत्र समेत बुझाइ सकेका छन। स्रोतका अनुसार पार्टी उपमहासचिव तथा रोल्पाबाट संघिय सांसदमा निर्वाचित माननीय बर्षमान पुन समेत पार्टीमा फर्काउने गृहकार्यमा लागिरहेका छन ।

दिपेन्द्र कुमार पुन सिजलले निर्वाचनको समयमा पनि समानुपातिकमा माओवादी केन्द्र र संघमा माओवादी केन्द्रका उमेदवार बर्षमान पुनलाई मतदानगर्न मातहतमा कार्यक्रतालाइ निर्देशन गरेका थिए । जिम्मेवारीबाट राजिनामा दिएका क. सिजल ले आम कार्यक्रतामा आफू माओवादीको बिचार मै रहेको र प्राविधिकरुपमा चुनावी चिन्ह धारो भएको बताउदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस