• एउटै दृष्टि, भिन्न कोण
  • Search

बलात्कार मुद्दा लागेका रोल्पाका काँग्रेस नेता खत्रीले पाए सफाइ

रोल्पा २०७९ पुष २० गते बुधवार

बलात्कार मुद्दा खेपिरहेका नेपाली काँग्रेस रोल्पाका तत्कालीन कोषाध्यक्ष खटक बहादुर खत्री ‘तोराबोरा’ले सफाइ पाएका छन्।

जिल्ला अदालत रोल्पाका न्यायाधिस खिमानन्द भुषालको एकल इजलासले बुधवार बलात्कार आरोप प्रमाणित नभएको भन्दै खत्रीलाई सफाइ दिने निर्णय गरेको हो।

गत २०७८ भदौमा एक महिलालाई बलात्कार गरेको आरोपमा खत्रीले मुद्दा खेप्दै आएका थिए। खत्री आजै जिल्ला अदालतबाट सफाइ पाएर कारागारबाट पनि छुटेका छन्।

ती महिलाले लेनदेन विषयलाई लिएर झुटा आरोप लगाएकाले आफूले न्याय पाएको खत्रीको भनाई छ। ‘मैले यो १६ महिनामा ठूलो अनुभव गरेँ’, सफाइ पाएलगत्तै खत्रीले भने, ‘अब आगामी दिनमा मैले यस्ता आरोपबाट अन्य कसैले अन्यायमा पर्न नपरोस् भन्न चाहन्छु।’

खत्रीको पक्षमा अधिवक्ता माधवप्रसाद आचार्य र दामोदर प्रसाद सुवेदीले बहस गरेका थिए।

प्रतिक्रिया दिनुहोस