लुम्बिनी प्रदेशको नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले यही पुस २७ गते अपराह्न ४ बजे भित्र संविधानको धारा १६८ (२) अनुसार प्रदेशको मुख्यमन्त्री नियुक्तिका लागि आह्वान गरेका हुन् ।
लुम्बिनी प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ। लुम्बिनी प्रदेशमा ८७ सांसद छन् । सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ ।
नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्तिका ४ –४, जसपा र जनमतका ३–३ सांसद छन् । विपक्षमा रहेका कांग्रेसका २७, लोसपाका ३,राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ जना र स्वतन्त्र २ जना छन् ।