• एउटै दृष्टि, भिन्न कोण
  • Search

कार्यकाल कुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद ब्यक्त: मुख्यमन्त्री कुलप्रसाद केसी

राप्ती उपत्यका देउखुरी दाङ २०७९ पुष २६ गते मङ्गलवार


लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पादनन भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेशलाई आफ्नो कार्यकालमा नयाँ उचाई उठाएको बताउँदै त्यो समीक्षा आफ्नो कार्याकाल सकिएपछि जनताले अनुभूती गर्ने बताउनुभयो ।

यस्तो कुरा आफ्नो कार्यकालमा सहयोग गर्नेहरुलाई सम्मान गर्ने मुख्यमन्त्री केसीले आफ्नो १८ महिने कार्यकालमा प्रदेशबासी जनताको समृद्धका लागि पूर्णरुपले लागि परेको बताउँदै आफ्नो कार्यकाल सम्पन्न गर्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिदै भन्नुभयोः–“मैले २०७८ साल साउन २८ गते नेतृत्व लिएको थिए, मैले प्रदेशबासी जनताको हितमा गरेको छु, यो काम गर्नका लागि मलाई जसरी सहयोग गर्नुभयो त्यसका लागि सबैलाई धन्यवाद छ । सरकारको काम कार्यलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने र सफल बनाउनको सहयोग गर्ने प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रदेश प्रमुख सचिव, प्रदेश सचिव, सचिवालयको टिम, कार्यालय सहयोगी, सुरक्षा निकाय राजनीतिक नेतृत्वमा धन्यवाद व्यक्त गर्दछु । ”

मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल निर्विवाद रुपमा कार्य सम्पन्न हुनुमा सबैको योगदानले भएको बताउँदै त्यसका लागि सबैले पुर्याएको योगदानको उच्च मुल्याङ्कन गरेको बताउनुभयो । उहाँले आफ्नो नेतृत्वमा प्रदेश सभाले गरेको निर्णय राजधानी बाट कार्य सञ्चालनलाई कार्यन्वय गरी आफ्नो सपना साकार पारेको बताउँदै भन्नुभयोः–“ हरेकलाई युगमा एक पटक इतिहास निर्माण गर्ने अवसर हुन्छ, जो हामीले गरेको छाै हरेक मानिसलाई इतिहास रच्ने एक दिनको पनि एक सेकेण्डमा अबसर प्राप्त हुन्छ त्यो हामीले पूरा गरेका छौँ यो सबैको योगदानले सफल भएको छ यसलाई आगामी दिनको सरकारले बचाई राख्नेछ । हामीले इतिहास रच्ने अवसर पायौँ यो भावि सन्ततीले अध्ययन गर्नेछन्”

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री कुलप्रसाद केसीले आफूले राजनीतिक पुजी कमाएको बताउँदै त्यसका अझै जनताको सेवा गर्ने उर्जा मिलेको बताउँदै आगामी दिनमा पनि जनताको सेवा गर्ने बताउनुभयो । उहाँले लुम्बिनी प्रदेश र प्रदेशबासीको हितमा कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राजनीतिक अगुवाई गर्नका लागि आफू तयार रहेको बताउँदै जनताको सेवा भन्दा आफ्नो केही सपना नभएको बताउनुभयो । प्रदेश सरकारले निर्विवाद रुपमा सबैको समन्वय, सहकार्यमा कार्य सम्पादन गरी लुम्बिनीलाई नयाँ उचाई उठाएको बताउनुभो ।

कार्यक्रम प्रखुम सचिव डा. दिपक काफ्ले मुख्यमन्त्रीको कार्यकाल कुलशलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद व्यक्त गर्दै उहाँको कुशल अभिभावक पाएको बताउँदै आगामी दिनमा पनि राजनीतिक यात्राको सफलताको कामना गर्नुभएको थियो । उहाँले लुम्बिनी प्रदेशको हितमा काम गर्नका अहोरात्र लाग्नुभएकोले सकरात्मक रुपमा परिणाम देखिने गरी कार्य गरेको बताउनुभयो ।

मुख्यमन्त्री कुलप्रसाद केसीको निकै उच्च विचार रहेकोले आगामी दिनको पनि अभिभावकत्व पाउने आशासहित फेरी जनताको सेवामा समर्पण हुनका लागि अनुरोध गर्नुभयो । २०७३ साल फागुन ३ गते स्थापना भएको थियो । तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलपछि २०७८ साल साउन २८ गते कुलप्रसाद केसीले नेतृत्व लिएको थियो । माननीय मुख्यमन्त्री कुलप्रसाद केसीले प्रमुख राजनीतिक सल्लाहकार, नीजि सचिवालय, कर्मचारी, कार्यालय सहयोगी, चालकहरु, संघ संघसँस्थालाईसमेत प्रसंशा—पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख राजनीतिक सल्लाहकार अमरबहादुर डाँगी, जनसम्पर्क सल्लाहकार रमेश वहादुर वली, मुख्य न्यायधिबक्ता श्रीकृष्ण सुवेदी, प्रदेश सचिव, सचिवालयको कर्मचारीहरको सहभागी रहेको कार्यक्रमको सचिव रामप्रसाद पाण्डेले सञ्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस