
रोल्पाको गंगादेब गाउँपालिकामा बिद्युतिय सेवा बिस्तार भएको छ । नेपाल बिद्धुत प्राधिकरण रोल्पा वितरण केन्द्रले ११ केभी बिद्धुत लाइन ट्रान्सफर्मर जडान कार्य सम्पन्न गरि लाइन चार्ज गरि सेवा बिस्तार गरेको हो ।

गाउँपालिकाको वडा नम्बर ३ मा पर्ने कुकुरगारे देखि मंग्रा, रातामाटा, हिलेचौर, जहेले, नाउली, गमथले,नाउली हुँदै गोठिखोला, वडा नं २ घोरानेटी, रमाइ र वडा नम्बर नं. १ को भुर्ती, ओत, मेलडारी गाउँ सम्म बिद्धुत बिस्तारको काम भएको छ। तर घरघरमा मिटर जडान गर्नेकाम भने बाकी नै छ ।
लामो समयसम्म अबरुद्ध बिद्धुत योजनामा ट्रान्सफरमर चार्ज गरेपछि जडान कार्यमा संलग्न भएका प्राविधिक कर्मचारीहरूलाई स्थानियहरुले फुलमाला लगाएर सम्मान गरेका छन् । ३ बर्ष यता अबरुद्ध बिद्युत योजना कार्य सुचारु हुनेभएपछि वडा नम्बर ३ का अध्यक्ष लोकमान वली र वडा नम्बर १ का अध्यक्ष अमृत वलीको उपस्थितिमा ट्रान्सफरमरमा बत्ति बलेपछि फुलमाला र अबिर लगाइदिएर सम्मान गरेका थिए ।
मिटर जडान गरि बिद्युत सेवा प्राप्त गर्न वडा नम्बर १ का भूर्ती, ओत, मेलडारी, वडा नं २ रमाइ, घोरनेटी, र वडा नं ३ का मंग्राह, रातामाटा, जहेले, जलेखर्क, नाउली, भालुमारे, गोठीखोला लगायतमा सेवाग्राहीहरुले सक्नेछन् ।

