गंगादेब गाउपालिकामा कार्यरत कर्मचारीले सहयोग नगरेको गाउपालिका अध्यक्ष हरिबहादुर पुनले बताएका छन । रेडियो मालाश्री संवादमा बोल्दै गाउपालिकामा ब्यूरोक्रेसीले पूर्णरूपमा सहयोग नगरेको बताएका हुन ।
गाउपालिकामा निर्वाचित भएर आएपछि धेरै राम्रा कामहरु गर्ने प्रयास गरेपनि कर्मचारीहरु बाधक भएको बताएका छन । बाधक कर्मचारीमा गाउपालिकामा रहेका सबै शाखा प्रमुखहरु र नि. प्रमुख प्रशासकीय अधिकृत रहेको भन्दै प्रमुख प्रशासकीय अधिकृतले सहयोग गर्न खोजेजस्तो गरेपनि पूर्णरुपमा सहयोग नगरेको आरोप लगाए।
असहयोग गरेको बिषय भने उनले खोलेनन । एक फरक प्रसंग अनौपचारिक छलफलमा स्वास्थ्य क्षेत्रमा गाउपालिकाले गरेको अहेव र अनमिको बिज्ञापनमा रहेका बैकल्पिक उमेदवारलाई नियूक्ति अवशर नदिएर पुन बिज्ञापन गर्न कर्मचारीले बाध्य बनाएको अनुभव सुनाएका थिए ।
गाउपालिकामा घुस लिएको आरोपमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलिले साढे ४ लाख रकम सहित प्राविधिक प्रमुखलाई प्रकाउ गरि अनुसन्धान गरिरहेको छ । स्वास्थ्य शाखा प्रमुखको जिम्मेवारीमा रहेका कर्मचारीले कर्मचारी नियूक्तिमा रकम उठाएको आरोप लगाउदै आएका छन ।
केहिदिन अघि बिरेन्द्र माध्यामिक बिद्यालय नाउलीको अभिभावक भेलामा पनि ब्यूरोक्रेसीले पनि सहयोग नगरेको टिप्पणी गरेका थिए । पालिकामा असहयोग गर्ने कर्मचारी, शाखा प्रमुखहरूलाई असन्तुष्टि र असहयोगि हुनको कारणबारे छलफल गर्ने तयारी गरेको पनि बताए ।