• एउटै दृष्टि, भिन्न कोण
  • Search

चलचित्र पत्रकार संघ दाङको नयाँ कार्यसमिति चयन, अध्यक्षमा केसी

दाङ २०७९ माघ ९ गते सोमवार

चलचित्र पत्रकार संघ नेपाल,दाङ शाखाको पाँचौ जिल्ला अधिवेशनेले सोमवार नयाँ नेतृत्व चयन गरेको छ ।

सघंको अध्यक्षमा सन्तोष केसी सर्वसम्मत रुपमा निर्वाचित भएका छन । त्यस्तै उपाध्यक्षमा पुर्ण केसी निर्वाचित भएका छन । उपाध्यक्ष पदका लागि भने निर्वाचन भएको थियो ।

यस अघिका सचिव पुर्ण केसी र सदस्य दिपक कुमाल बिच भएको निर्वाचनमा कुल रहेको २५ मत मध्ये जम्मा १४ मत खसेको थियो । केसीले ८ मत प्राप्त गरि उपाध्यक्षमा निर्वाचित भएका हुन । कुमालले भने ६ मत प्राप्त गरेका थिए ।

त्यस्तै सघंको सचिवमा निरला अर्याल,कोषाध्यक्षमा भुपेश वलि,सहसचिवमा तिर्थराज चौधरी सर्वसम्मत निर्वाचित भएका छन ।

त्यस्तै सदस्यहरुमा आशिष केसी,एकराज भण्डारी,झग्गु भण्डारी र रमेश सुनार निर्वाचित भएका छन ।

नवनिर्वाचित कार्यसमितिलाई पुर्व अध्यक्ष धुर्वराज न्यौपानेले सपथ खुवाउनुका साथै प्रमाणपत्र प्रदान समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस