• एउटै दृष्टि, भिन्न कोण
  • Search

सवारी चालक अनुमति पत्र पाउन ट्रायलमा  ७० अंक ल्याए हुने नियम लागू

काठमाडौ २०७९ फाल्गुन ४ गते बिहिवार
https://youtu.be/zz2I7TN1NdI

सवारी चालक अनुमति पत्र पाउन ट्रायलमा  ७० अंक ल्याए हुने नयाँ नियम बागमती प्रदेशमा लागू भएको छ। योसँगै अब कम्तीमा ७० अंक ल्याए ट्रायल पास भएको मानिनेछ।

ट्रायल प्रणालीमा नयाँ नियम लागू भएसँगै अब कुन खण्ड पार गर्दा कति अंक प्राप्त हुन्छ भन्ने धेरैमा जिज्ञासा छ। तर नयाँ नियममा कुनै पनि खण्डलाई अंक छुट्याइएको छैन।

भनेपछि अब कसरी ल्याउने त ७० अंक?

यातायात व्यवस्था कार्यालयका अनुसार नयाँ नियममा नेगेटिभ मार्किङको व्यवस्था गरिएको छ। त्यो भनेको गल्ती गर्दा नम्बर काटिने हो। जस्तो कि तपाईंले ट्रायल दिँदा सुरूको आठ आकारमा गल्ती गर्नुभयो भने त्यहाँ तपाईंको निश्चित अंक काटिने छ।

यसरी अंक काटिँदै जाँदा तपाईंको ३० अंकभन्दा बढी काटियो भने तपाईं ट्रायलमा फेल भएको मानिने छ। नयाँ नियमअनुसार अब तपाईं ट्रायलमा पास हुनलाई ३० अंकभन्दा बढी काटिने गरी गल्ती गर्नु हुँदैन।

कुन खण्डमा गल्ती गर्दा कति नम्बर काटिन्छ त! यातायात व्यवस्था कार्यालय एकान्तकुनाका सूचना अधिकारी कृष्ण दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस