• एउटै दृष्टि, भिन्न कोण
  • Search

होली पर्व मै युद्ध पर्यटन क्षेत्रको डकुमेन्ट्री छाँयाङ्कन

रोल्पा २०७९ फाल्गुन २३ गते मङ्गलवार


रोल्पाको सुनिलस्मृति गाउपालिका तेवाङमा होलि पर्वको अवशर पारेर यूद्द पर्यटन क्षेत्रमा डकुमेन्ट्री छाँयाङ्कन गरिएको छ।सुनिलस्मृति गाउँपालिका ७ तेबाङको लिस्ने लेकमा आयोजित होली बिशेश कार्यक्रममा पर्यटन अभियान्ताहरु पृथ्वी पुन ( बालकुराम), कर्णाली क्षेत्रकी पर्यटन अभियान्ता सिर्जन सेजुवा  लिस्ने लेकमा पुगेर  युद्ध पर्यटनको बारेमा भिडियो डकुमेन्ट्री निर्माण कार्यकोलागि छाँयाङकन गर्नुभएको हो।

लिस्ने पहाड जनयुद्धक बेला तत्कालीन जनमुक्ति सेना र सरकारका शाही सेना बीच भिडन्त भएको थियो भने त्यस भिडन्तको २ दिन पछि जनमुक्ति सेनाले गामको सैनिक ब्यारेक माथि हमला गरेको थियो।


शान्ति प्रक्रिया पछि रोल्पा र प्युठानका मानिसहरुले जनयुद्ध दिवस फागुन १ गतेका दिन जनयुद्ध दिवस मनाएर सहिदहरुलाई सम्झिने गर्दै आएका छन भने होलीको दिन पनि दुबै जिल्लाका युवायुवती लगाएतका उपस्थिति भएर आफ्ना दुख सुख,प्रेम, भाइचारा सद्भाव आदानप्रदान गरि  होली खेली फर्किने गरेको स्थानीयहरुले बताए।

होली एउटा चाड भएको र त्यसैलाई जोडेर लिस्ने एउटा पुर्वी क्षेत्रको अग्लो पहाड,जनयुद्धको चर्चित ठाउँ भएकोले युद्ध पर्यटनको बिकास र प्रचारप्रसारको लागि लिस्ने लेक सम्बन्धि डकुमेन्ट्री निर्माण गर्न लागिएको पर्यटन अभियान्ता बालकुराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस