यहि चैत्र-५ मा हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन ( स्वबियु) निर्वाचनमा सरस्वती बहुमुखी क्याम्पस (अखिल क्रान्तिकारी ) ले अन्य ५ बिद्यार्थी संगठन (नेबिसंघ , अखिल (क्रान्तिकारी), अनेरास्ववियू , राप्रबिसंघ , अखिल (क्रान्तिकारि) बिप्लव ) संगै गठबन्धन गर्दै चुनाबमा होमियाको हो।
सरस्वती बहुमुखी क्याम्पस (अखिल क्रान्तिकारी ) का अध्यक्ष मिष्ठान पुन मगरका अनुसार यो अवस्थामा आफु एक्लै चुनाबमा जान तयार भए पनि सत्ता गठबन्धनकै निर्णयलाइ आत्मसाथ गर्दै अगाडी बढेको र यो गठबन्धनले बिद्यार्थीका हक , हितको लागि काम गर्ने बताउदै सबै बिद्यार्थीले भोट गर्ने विश्वास पनि लिएको बताउनु भयो। गठबन्धन भएकाले आफ्नु भागमा परेको सचिब जस्तो मुख्य पदमा आफ्नै संगठनको एकदमै उर्जावान सहकर्मी राजेश बाबु बगालेलाई र सदश्य पदमा अस्मिता देवकोटालाई आफ्नो संगठनबाट उम्मेदवारको रुपमा उठाएको बताउनु भयो।
यस्तो छ ५ बिद्यार्थी संगठनको सयुक्त प्यानल
अध्यक्ष – मुस्कान राज गौतम, नेबिसंघ
सचीव – राजेश बाबु बगाले , अखिल( क्रान्तिकारी)
कोषाध्यक्ष – हर्क बहादुर तामाङ , अनेरास्वबियू
प्रत्यक्ष तर्फका सदस्यहरु;
मनिष राज बस्नेत , नेबिसंघ
अस्मिता देवकोटा , अखिल( क्रान्तिकारी)
दिपेश श्रेष्ठ , अनेरास्वबियू
मन्दीप मल्ल, नेबिसंघ
सुस्मिता अधिकारी, नेबिसंघ
लाल बहादुर खत्री , अनेरास्वबियू
कमल सिम्खडा , (राप्रबिसंघ)
बजिर सिंह ढोली , अखिल (क्रान्तिकारी) बिप्लव