• एउटै दृष्टि, भिन्न कोण
  • Search

कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी

रुपन्देही २०७८ मङ्सिर २० गते सोमवार

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेश सभापतिमा संस्थापन इतरका अमरसिंह पुन विजयी भएका छन् ।

सोमबार बिहान सम्पन्न मत गणना अनुसार पुन ८५२ मत पाएर विजयी बनेका हुन् । उनका प्रतिस्पर्धी संस्थापन निकटका भरतकुमार शाहले ७६७ मत प्राप्त गरे । पुन र शाहको मतान्तर ८५ रहेको छन ।

उप सभापतिमा भुवन प्रसाद श्रेष्ठ र राजु खनाल विजयी भएका छन । श्रेष्ठ र खनालले क्रमसः८४७ र ७९२ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अस्टभुजा पाठले ७७२ र सुधाकर पाण्डेय ले ६६१ मत प्राप्त गरे ।

त्यस्तै महामन्त्रीमा बिक्रम खनालले ८४४ र सुरेन्द्रराज आचार्यले८३९ मत प्राप्त गरेर बिजयी भएका छन । उनका निकटतम प्रतिद्वन्द्वी खिमान जि रायमाझीले ६५१ र जन्मजय तिमिल्सिनाले ७०९ मन प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस