• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडी गाउँपालिका वास कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न ।

रोल्पा २०८० असार १४ गते बिहिवार

माडी गाउँपालिका खानेपानी सरसफाइ तथा स्वच्छता इकाइको वार्षिक समिक्षा कार्यक्रम हिजो माडी २ घर्तिगाउँमा सम्पन्न भएको छ ।
         माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय राजनैतिक दलका प्रतिनिधि, उद्योगी, व्यापारी, शिक्षक, पत्रकारलगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा एक वर्षसम्म माडी गाउँपालिका वास इकाईले गरेका विभिन्न गतिविधिका बारेमा वास संयोजक भद्रविर घर्तिमगरले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा आगामी सन २०२८ सम्म माडी गाउँपालिका कसरी पुर्ण सरसफाइ उन्मुख गराउन सकिन्छ र त्यसको लागि आगामी वर्ष कस्तो कार्यक्रम राख्दा राम्रो हुन्छ भनेर सल्लाह, सुझाव समेत लिइएको थियो । माडी गाउँपालिकाको विभिन्न टोलहरु सरसफाइ उन्मुख घोषणा भैरहेका छन भने आज माडी ६ नम्बर वडा पुर्ण सरसफाइ उन्मुख घोषणा हुँदै छ ।

प्रतिक्रिया दिनुहोस