रोल्पाका माडी गाउँपालिका र त्रिवेणी गाउँपालिका गाउँ कार्यपालिकाको संयुक्त बैठक माडी गाउँपालिका १ झिनुवामा सम्पन्न भएको छ ।
माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगर र त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठाको अध्यक्षतामा बसेको संयुक्त बैठकमा दुवै गाउँपालिकाका कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको रहेको थियो । दुबै गाउँपालिकाको साझा योजनालाइ दुबैले पहल र स्वामित्व लिने गरेर कार्यक्रम बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
आज भएको संयुक्त कार्यपालिका बैठकले माडी गाउँपालिकाको घर्तिगाउँबाट पेदीखोला, झिनवा हुँदै जगरबोट, जुगारसम्मको सडकलाइ कालोपत्रे गर्न दुबै पालिकाले बजेट विनियोजन तथा पहल गर्ने निर्णय सर्वसम्मत पारित भएको छ ।
बैठकमा स्थानीयले फुलमाया सहित स्थानीय परिकारले स्वागत गरेका थिए । घर्तिगाउँ झिनुवा हुँदै जुगार सडकको लागि माडी गाउँपालिकाले प्रदेश सरकारसँग २ करोडको साझेदारी गर्ने र त्रिवेणी गाउँपालिकाले पनि प्रदेश सरकारसँग १ करोड ५० लाख साझेदारी गर्ने निर्णय यस अघि नै गरिसकेका छन् भने यो भन्दा पनि बढी बजेट प्रदेश र संघ सरकारसँग पहल गर्दै कालोपत्रे गर्न दुबै पालिका सहमत भएका छन ।