रोल्पाको गंगादेव गाउँपालिकाले बुधबार वडा नं. ६ र ७ मा समाजिक सुरक्षा भत्ता वितरण गरेको छ । वडा नं. १ ओत बाट सुरु गरिएको सामाजिक सुरक्षा भत्ता वितरण बुधबार वडा नं. ६ र ७ को राकमा वितरण गरिएको गंगादेव गाउँपालिकाले जनाएको छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी, वडा नं. ६ का वडा अध्यक्ष विरबहादुर वली, वड नं. ७ का वडा अध्यक्ष प्रेमप्रकाश केसी, वडा नं. ६ का वडा अध्यक्ष विमल खड्का, गाउँपालिकाका महिला तथा बालबालीका शाखाका तिलक वली, वली, ग्लोबल आई.एम.ई बैंक सुकिदह शाखाका प्रमुख शुगुम श्रेष्ठ, लगाएतको उपस्थीती रहेको थियो ।
सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जाँदा निकै समस्या भएको गुनासो आउनुका साथै भौगोललिक विकटता, यातायात असुविधा, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुलाई पैदल हिड्न समेत टाढा भएकाले बैंक सगंको सहकार्यमा गंगादेव गाउँपाललिकाले वडा तथा गाउँ–गाउँमै पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ ।
गंगादेव गाउँपालिका उपाध्यक्ष अमृता कुमारी के.सी ले जेष्ठ नागरीक, अपांग तथा फरक क्षेमता भएका व्यक्तिहरुलाई सहज होस भन्ने उद्ययश्यले टोल टोलमा पुगेर यो कार्यको सुरुवात गरिएकोे बताउनु भयो । यसरी गाउँमै आएर हात–हातमा भत्ता दिएपछि नागरीकहरु खुसी भएका छन् भने गंगादेव गाउँपालिकाले थालनी गरेको यो सह्रानिय कार्यलाई निरन्तरता दिइरहन सुझाव समेत दिएका छन् ।