रोल्पाको गंगादेव गाउँपालिकामा स्टेचर अभाव हुँदा सुत्केरीहुने महिलालाई स्वास्थ्य चौकी सम्म पुर्याउन निकै सास्ती भोग्नुपरेको छ। गंगादेब गाँउपालिका वडा नं ६ मा स्टेचर अभाव कारण बिरामीलाई डोकोमै बोकेर स्वास्थ्य संस्था सम्म लिनुपर्ने बाध्यता भएको हो ।

गंगादेबका दुर्गम गाउँमा छरिएर रहेका बस्तिहरु २/३ घण्टा पैदल दुरीमा रहेको र स्वास्थ्य चौकी सम्म बिरामीलाई पुर्याउन स्टेचर अभावमा निकै कठिनाइ भोग्नुपरेको छ । बारम्बार माग गर्दा पनि गाउपालिकाले स्टेचर उपलब्ध गराउन ध्यान नदिदा डोको र कुर्सीको प्रयोगगरि सेवा लिनुपर्ने बाध्यता रहकोछ।
“सुत्केरीहुनकोलागि श्रीमतिलाई स्वास्थ्य चौकी लैजानकोलागि स्टेचर अभावमा बिहान ९ बजे देखी साँझ ७ बजेसम्म स्टेचर पाएनौ” स्थानीय दरिभान वली ले गुनासो सुनाए।
गाउपालिकाले स्वास्थ्यका कर्मचारी हटाएर राजनैतिक भ्रतीकेन्द्र बनाए पश्चात् आधारभुत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा प्रवाह नहुनु, स्टेचर अभावमा स्वास्थ्य संस्था सम्म बिरामी पुर्याउन कठिनाई हुनु संयोग रहेको स्थानियहरु रोग लुकाएर बस्न बाध्य भएको वडा सदस्य बिमल खड्काले बताए !
अहिले स्टेचर अभाव रहेको साचो हो। गंगादेव गाउँपालिका वडा न.६ मा बिगतमा ५ वटा स्टेचर रहेको र कतिपय स्टेचर भाचिएको, हराएकोले उक्त समस्या आएको ६ न.वडा अध्यक्ष वीर बहादुर वलीले बताए ।
चुनावको समयमा चुनाव जित्नकालागि गाउँपालिकामा रहेका विभिन्न दलहरूका नेताहरू आ-आफ्ना घोषणापत्रहरुमा प्रत्येक स्वास्थ्य चौकीमा प्रयोगशाला र एम्बुलेन्स सहितको सेवा दिनेछौं भनी थरीथरीका प्रलोभन देखाएर सोझा सिधा जनतालाई झुक्याएर चुनाव जिते, अहिलेसम्म स्वास्थ्य, शिक्षा,सडक बाटो जस्ता कुनैपनि क्षेत्रमा सुधार भएका छैनन् ।

