• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा बिधुत दुर्घटनामा परि एक बालक घाइते

रोल्पा २०८० बैशाख २६ गते मङ्गलवार

रोल्पाको गंगादेब गाउपालिकामा बिधुतको करेन्ट लागेर एक बालक घाइते भएका छन । बिद्यालयबाट घर फर्कने क्रममा बाटो छेउमा रहेको ट्रान्सर्फमर छुदा बिधुत करेन्ट लागेर बालक घाइते भएका हुन ।

घाइते हुनेमा गंगादेब गाउपालिका वडा नं ३ निवासी ८ बर्षिय कमल वली रहेका छन। करेन्ट लागेर घाइते भएका बालकको स्थानिय आधारभूत स्वास्थ्य केन्द्रमा प्राथामिक उपचार पछि थप उपचारकोलागि दाङ पठाईएको छ ।

दुर्घटनामा परेका बालकको प्राथमिक उपचार पछि होसमा आएका छन,  भने करेन्टले बालकको दुबै हातमा क्षेति गरेको ले थप उपचारकोलागि सुविधा सम्पन्न अस्पतालमा पठाइएको कुकुरगारे आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस