• एउटै दृष्टि, भिन्न कोण
  • Search

गंगादेवको त्यो बिकट गाउँ, अहिले सम्म मोटरबाटो पुग्न सकेन

गंगादेव गाउपालिका रोल्पा २०८० बैशाख ३० गते शनिवार

रोल्पाको गंगादेव गाउँपालिका वडा न.६ मा रहेका टोलबस्तीहरु र एक प्राथामिक बिद्यालयमा अहिलेसम्म मोटरबाटोको पहुच बिहिन रहेको छ । गाउँपालिका वडा न.६ मा रहेका राटामाटा, न्याउलेखा टोलका करिब २ सय घरधुरी रहेको र अमरसत्य प्राथमिक बिद्यालय समेत रहेको गाउँ अझैसम्म मोटरबाटो पहुँच बिहिन रहेको हो।

जिल्लाकै पर्यटकिय संभावना स्थल अग्लोधुरी “राँकमाधुरी” रातामाटा टावर क्षेत्र पनि हो, यस क्षेत्रमा मोटरबाटो निर्माण बिगतदेखी नै समस्या हुँदै आएको थियो। मोटरबाटो निर्माणकोलागि बर्सेनि बजेट बिनियोजन गर्ने गरेको भएतापनि तोकिएको समयमा काम नहुने, आर्थिक बर्षको अन्तिम समयमा मात्रै काम गर्न खोज्ने, निर्माणक्षेत्रमा बिवाद, बजेट फिरिज जाने समस्याको कारणले नै बाटो निर्माणलाई बाधा गरेको हो।

बिद्यालय क्षेत्रको भौतिक पूर्वाधार विकासकोलागि बिगत देखि मोटरबाटो निर्माणको मागगर्दै आएको भएपनि जनप्रतिनिधिले चासो नदेखाएको र हुन्छ गरौंला भन्दै समय टाढेको अमरसत्य प्राथमिक बिद्यालयका प्रधानाध्यापक पवन कुमार ओलि ले बताए। गाउपालिका भित्रका सबै बिद्यालयहरुमा मोटरबाटोको पहुँच पुगिसकेको र यस बिद्यालयमा मोटरबाटोको पहुँच नपुगेकै कारणले भौतिक संरचना निर्माण लगायतका कामहरुमा निकै चुनौती खेप्नुपरेको गुनासो गरे ।

स्थानीय सरकारले बजेट अभाव देखाउने, समयमै काम सुचारु नगर्ने, गाउँमा सडक बाटो निर्माणगर्दा गाउँका स्थानीयहरुले आफू अनुकूल प्रयोगकोलागिमात्र सहजिकरण गर्ने,बाटो निर्माण चरणमा बिचमै अवरोध, निर्माण जिम्मा लिने समिति वा ठेकेदार होस दुबै रकम बचाउने हत्कण्डा गर्ने, लगायतका कारणले पर्यटकिय बस्तीमा अझै सम्म  मोटरबाटो बिहिन भएको स्थानीयहरुको गुनासो छ। यो बर्ष पनि गाउँमा मोटरबाटोको समस्या स्थानिय सरकारलाई सुनाएको भएपनि काम पूरागर्न कसैले चासो नदेखाएको स्थानीय शेर बहादुर भण्डारीको गुनासो छ।

चुनावको बेलामा नानाथरी बिकासका बाँचा गरेका जनप्रतिनिधिहरु चुनावपछि अहिलेसम्म गाउँमा मुखसम्म नदेखाएकोले यो बर्ष पनि हाम्रो गाउँसम्म बाटो आउला भन्ने आसा नरहेको स्थानिय राजेश खडकाले बताए। नेपाली काग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंङ पुन, नेका रोल्पा उपसभापति तथा निर्वाचित गाँउपालिका अध्यक्ष हरीबहादुर पुनको भुगोल र उनका प्रत्यासी एवं नेकपा एमालेका प्रदेश कमिटी सदस्य रोशन वलीको प्रभाव क्षेत्र हो साथै नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य भक्तबहादुर वली र नरसिंह राना पनि यसै वडाका बासिन्दा हुन ।

जनप्रतिनिधिहरु र स्थानीय मिलेर सबैलाई उपयुक्त स्थानबाट मोटरबाटो निर्माणकार्य सहजिकरण गर्नुको साटो गोरेटो बाटो निर्माणकोलागि बजेट छुटाउएर अनावश्यक खर्च गर्दै कार्यक्रता पोस्ने गरेको देखिन्छ। गाँउपालिका भित्रका सबैजसो  निर्माण सम्पन्न मोटरबाटोहरु धेरै स्थानहरूमा बाटो साघुरो, हिउँदका समयमा केहि समय गाडी चल्ने बर्षादमा बन्द हुने समस्या यथावत छ।

गाउपालिकामा जनप्रतिनिधि र कर्मचारी भ्रष्टाचारको मतियार बन्नु, कार्यालयगत काममा कमिसनतन्त्र, सबैजसो विकासका काममा दिगोपन नहुनु, गंगादेव गाउँपालिकाको शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्र लगायत सबै क्षेत्रहरुमा सुधार गर्न आवश्यक देखिन्छ।

प्रतिक्रिया दिनुहोस