• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्व.मञ्जु वलीको श्रद्धाञ्जली सभा सम्पन्न

रोल्पा २०८० बैशाख ३१ गते आइतवार

असामाहिक दुखद निधन भएको शिक्षिका स्व. मञ्जु कुमारी वली को १३औ पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरिएको छ। एकिकृत अखिल नेपाल शिक्षक संगठन गंगादेब गाउपालिका रोल्पाको आयोजनामा स्व. मञ्जु कुमारी वलीको गंगादेब ३ स्थित घरमा श्रद्धाञ्जली सभा  सम्पन्न गरिएको हो ।

मञ्जु कुमारी वली एकीकृत अखिल नेपाल शिक्षक संगठनमा आवद्द सदस्य हुन। साथै श्री बालकल्याण प्राथामिक बिद्यालय हिलेचौरमा बालबिकास दर्बन्दीमा कार्यरत शिक्षिका थिइन्। बिद्यालय परिवारले १३ दिनको पुण्यतिथिमा शोक बिदा दिएको छ।

एक्कासि पेट दुख्ने समस्या भएको शिक्षिका उपचार गर्न नेपालगंज लिदै गर्दा बैशाख १९ गते बाटोमै निधन भएको थियो। उनका एक छोरा मात्र छन। उनी कक्षा ४ मा पढ्छन ।

मञ्जुकुमारी वलीको जीवन यात्रा ….

बुवा भक्तबहादुर डाँगी र आमा पिमला डाँगीको कान्छो सन्तानकोरुपमा २०४८ मंसिर २८ गते सल्यान जिल्लाको कोटबारा गाविसको सानागाडाकोटमा मञ्जु कुमारी डाँगी वली जन्मिएकी थिइन । मञ्जु (जन्म नाम लक्ष्मी)सानै उमेरदेखी जिज्ञासु स्वभावकी थिइन। गाउकै भुवनेश्वरी प्राथमिक बिद्यालयबाट शिक्षालिन प्रारम्भ गरेकी मञ्जु पढाइमा तिछ्न थिइन। उनि सानैदेखि पढाइसगै ब्यवाहारीक, पारिवारिक काममा अशल स्वभाव थियो। माध्यामिक शिक्षा बालकल्याण माध्यामिक बिद्यालय टाट्के कोटबारा सल्यानबाट  एसएलसीमा राम्रो अंक ल्याएर २०६४ सालमा पास गरेकी थिइन।  सोही बर्ष ४८ बर्षिय आमाको मृत्यू को पीडा पनि सहनु परेको थियो ।

आमाको मृत्यूको बज्रपात, विभिन्न उतारचढाव, विभिन्न चुनौतिको सामना गर्दै  उच्च माध्यामिक शिक्षा हासिल राम्रै अंक सहित पूरा गरेकी थिइन।  +२ अध्यनकै समयमा गाउको एक संस्थागत बिद्यालयमा अध्यापन यात्रा, USAID को आर्थिक सहयोगमा १० महिना कार्यक्रम चलाउने अवशर समेत प्राप्त गरेकी थिइन । आमा सँगको विछोड हुदा पनि उनी सामाजिक सेवाको यात्रा अगाडी बढाएकी थिइन ।

जनकल्याण क्याम्पस थारमारेमा उच्च शिक्षा अध्ययनकोलागि प्रवेश गरे सगै उनी बिध्यार्थि राजनितिमा सहभागी भइन।  सल्यान जिल्लामा रहदा नेपाली काग्रेस निकट बिद्यार्थी संघको जिल्ला कार्यसमिती उपसभापति पदमा रहि जिम्मेवारी निर्वाह समेत गरिसकेकी थिइन। राजनैतिक र सामाजिक क्षेत्रमा अगाडि बढ्नेक्रम मै रोल्पा जिल्लाको जिनावाङ निवासी रविनकुमार वली संग २०६९ बैशाख १३ गते बैवाहीक बन्धनमा बाधिए। बैबाहिक जीवन पछि नेपाली काग्रेस पार्टी सँघको सम्बन्ध टाढिदै गयो, सबै तहका नेता सँगको भेटघाट निरन्तर गरेकी मञ्जुलाइ पार्टीले उचित जिम्मेवारी नदिएको र ब्यवस्थापन नगरेकै कारण २०७२ सालमा नेकपा माओवादी केन्द्र प्रवेश गरेकी थिइन। २०७२ सालमा पुत्रलाभ अर्थात छोरा अर्पनको जन्म भयो। सामाजिक काममा अग्रसर मञ्जु वली परिवार, गाउँ समाज, इस्टमित्र सबैको प्यारो थिइन। २०७५ साल देखि बालकल्याण प्राथामिक बिद्यालयमा अध्यापन यात्रामा पुन जोडिएकी मञ्जु सोही बर्ष नै एकीकृत अखिल नेपाल शिक्षक संगठनको सदस्यता लिएकी थिइन। आफ्नो पेशा प्रति अब्बल इमान्दारितासगै घर व्यवहार संचालनमा समेत निर्विवाद थिइन ।

“मेरोलागि सबै बराबर हुन, म कसैसँग छुट्टै व्यवहार गर्दिन, मेरो जिवनमा आएको सबै समस्याको समाधान म आफै गर्छु, आफ्नो काममा अनवरतरुपमा अगाडि बढिरहन्छु।” उनको वाणी थियो ।

सबैको प्यारो, सबैको मनमा छाएकी मञ्जु ले २०८० बैशाख १८ गते एक्कासी पेट दुख्ने समस्या भएको बताएकी थिइन, सोही समस्याको उपचार गर्न नेपालगंज लिदै गर्दा ३२ बर्षको अल्पआयुमै २०८० बैशाख १९ गते ८ बर्षिए छोरा अर्पन सहित सबैलाई छोडेर भगवानको प्यारो भइन्। अब मञ्जु सबैको मन मस्तिष्कमा मात्र रहिन,  अब उनको त्यो बोली, व्यवहार सम्झना मात्र हुनेछ । आज १३ औ पण्यतिथि धार्मिक परम्परा अनुसार कर्म सम्पन्न गेका छौ । स्वर्गीय मञ्जु कुमारी वली प्रति हार्दिक श्रद्धाञ्जली । हार्दिक श्रद्धाञ्जली || हार्दिक श्रद्धाञ्जली |||

प्रतिक्रिया दिनुहोस