रोल्पाको गंगादेब गाउपालिका गाउसभाबाट पारित भएको आफ्नै निर्णयबाट पछि फर्किएको छ। आव २०७९-८०को नव निर्वाचित प्रतिनिधिको पहिलो गाउसभाबाट गाउपालिका भित्र रहेका सबै काजसरुवा फिर्ता गर्ने निर्णयबाट फर्कदै पुन: काजसरुवाको निर्णय गरेको हो ।
नव निर्वाचित गाउपालिका अध्यक्ष हरीबहादुर पुनले शिक्षा र स्वास्थ्यका काजलाइ दृष्टीगतगरि फिर्ता गर्ने निर्णय गाउसभाबाट गराएका थिए। सोही निर्णय अनुसार तत्कालिन स्रोतब्यक्ति शेरबहादुर डाँगी गाउपालिकाबाट बिरेन्द्र माध्यामिक नाउलीमा फिर्ता भए, शिक्षक प्रेमबहादुर वली सिद्दार्थ माबि घोप्टेओढारबाट कृष्ण आवि घरबिरमा फिर्ता भए, त्यसैगरि स्वास्थ्य संयोजक त्रिभुवन सिंह घर्तिमगर गाउपालिकाबाट स्वास्थ्यचौकी ओतमा फर्कीए ।
गंगादेब गाउपालिकाको गाउसभाले गरेको काज फिर्तागर्ने निर्णयले एकबर्ष पनि टिक्न पाएन। गाँउपालिका अध्यक्षको ठाडो निर्देशनमा गत बैशाख महिनामा बसेको कार्यपालिका बैठकले पुन: सोही स्थानमा दुई जना शिक्षक नेतालाई काजसरुवा गर्ने गाउकार्यपालिकाले निर्णय गर्यो।
स्रोतका अनुसार शिक्षा क्षेत्रमा काजसरुवा हुनेहरुमा शिक्षक लिला बहादुर वली गाउपालिका शिक्षा शाखामा र शिक्षक नेता प्रेमबहादुर वली पुन: सिद्दार्थ माविमा काजसरुवा गर्ने निर्णय गरियो ।
बिगतमा सबै काज सरुवा फिर्ता गर्ने निर्णय गर्दा सकारात्मक प्रतिक्रिया थियो, अहिले सोही स्थानमा पुन काज सरुवा गर्नु गाउपालिका अध्यक्षले आर्थिक प्रलोभनमा परेर सरुवा गरेको हुनसक्ने उनकै निकट्स्थहरुले बताउने गरेका छन ।
स्रोतका अनुसार शिक्षक लिलाबहादुर वलीको स्थाइ परिक्षणकाल समाप्त नहुदै काजसरुवा गरिएको छ । बिगतमा राजनैतिक इगो साध्न काजसरुवा फिर्ता गरेको र अहिले पुन कमाउ धन्दामा सरिक हुन कार्यक्रता परिचालन गरेको नाम नबाताउने सर्तमा स्रोतले जानकारी दियो ।
गाउसभाबाट भएको निर्णय, कार्यपालिकाको निर्णयबाट उल्ट्याउदै कार्यान्वयन गर्नु र परिक्षणकाल समाप्त नभएको कर्मचारीको सरुवा गर्नु दुबै अबैधानिक रहेको पूर्व गाउपालिका अध्यक्षले बताए ।